logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, साढे ११ लाख संक्रमित


अंकुरण खबर
624
Shares

भारतका कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २८ हजार नाघेको छ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार मंगलबार मध्यान्हसम्म २८ हजार ८४ जनाको मृत्यु भएको हो।

भारतमा गत २४ घण्टामा ४० हजार संक्रमित थपिएका छन्। योसँगै भारतमा संक्रमितको संख्या ११ लाख ५५ हजार १ सय ९० पुगेको छ। भारतमा हालसम्म ७ लाख २४ हजार ५ सय ७७ जना संक्रमण भइसकेका छन् भने ४ लाख २ हजार ५ सय २९ जनाको उपचार भइरहेको छ।

सबैभन्दा धेरै प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ३ लाख १८ हजार ६ सय ९५ छ भने १२ हजार ३० जनाको मृत्यु भइसकेको छ। दिल्लीमा १लाख २३ हजार ७ सय ४७ संक्रमित छन् भने ३ हजार ६ सय ६३ जनाको मृत्यु भइसकेको छ। एजेन्सी