logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अशान्त अमेरिका : शिकागोमा भएको गोलीकाण्डमा १४ जना घाइते


अंकुरण खबर
1.209K
Shares

अमेरिकाको शिकागोस्थित इलिनोईमा रहेको एक मृत्युसंस्कार स्थलमा मंगलवार गोलीकाण्ड हुँदा १४ जना घाइते भएका छन् ।

आक्रमणकारीहरू र अन्तिम संस्कारमा भेला भएकाहरूबीच गोली हानाहान भएको थियो । घटनापछि भागेका आक्रमणकारीहरू अहिलेसम्म फरार छन् ।

औबर्न ग्रेशाम कम्युनिटीमा घटना भएको हो । घटनामा गोली लागेकाहरूलाई पाँच विभिन्न अस्पतालमा उपचार गरिएको प्रहरी प्रमुख एरिक कार्टरले बताए ।

गोली लागेका सबैको स्थिति गम्भीर रहेको शिकागो फायर डिपार्टमेन्टले जनाएको छ ।

अन्तिम संस्कार चलिरहेको बेलामा आक्रमणकारीहरूले पछाडिबाट गोली चलाएको र पहिला पैदल अनि अनि एक कालो गाडीमा भागेको कार्टरले बताए । कुनै पनि आरोपितको पहिचान हुन नसकेको तर एकजनालाई पक्राउ गरेर सोधपुछ चलिरहेको उनले जानकारी दिए ।

गोलीकाण्ड किन मच्चाइएको भन्ने खुलिसकेको छैन । एजेन्सी