logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वभर कोरोना संक्रमित संख्या एक करोड ५३ लाख नाघ्यो


अंकुरण खबर
1.378K
Shares

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५३ लाख नाघेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हालसम्म एक करोड ५३ लाख ८२ हजार ४६९ जनामा कोरोना संक्रमण देखिएको हो । विश्व स्वास्थ्य संगठनले कोरोना संक्रमणका कारण विश्वभरी ६ लाख ३० हजार तीन सय ६९ जनाको मृत्यु भएको  जानकारी दिएको छ ।

संक्रमितमध्ये हालसम्म ९३ लाख ५६ हजार तीन सय ५४ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५३ लाख ९५ हजार सात सय ४६ जना कोरोना संक्रमित उपचाररत छन् ।

संक्रमितमध्ये ६६ हजार २१५ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।