logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बलिउड अभिनेता अमिताभ र अभिषेकको कोरोना रिपोर्ट नेगेटिभ, आजै डिस्चार्ज हुने


अंकुरण खबर
1.339K
Shares

बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनले कोरोना भाइरसलाई जित्न सफल भएका छन् ।

भारतीय मिडीयाका अनुसार उनीहरुको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि मुम्बाईको नानावटी अस्पतालमा भर्ना भएका अमिताभ र अभिषेकले १२ दिनमै कोरोनालाई जित्न सफल भएका हुन् । उनीहरुका कोरोना नेगेटिभ देखिए पनि एक दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय मिडियाले बताएका छन् ।

उनीहरुलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी रहेको बताइएको छ । त्यस्तै अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आराध्याको कोरोना रिपोर्ट भने आउन बाकीँ रहेको जनाइएको छ ।