logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हलिउड स्टार ओलिभियाको १०४ वर्षको उमेरमा निधन


अंकुरण खबर
689
Shares

हलिउड स्टार ओलिभिया डी हेभिल्याण्डको निधन भएको छ ।

उनको एक सय चार वर्षको उमेरमा आइतबार फ्रान्सको पेरिसमा निधन भएको हो । अभिनेत्री ओलिभिया सन् १९६० देखि पेरिसमा बस्दै आएकी थिइन् ।

ओलिभिया बढी उमेरसम्म जीवित रहने ओस्कार विजेता कलाकार पनि थिइन् । उनी हलिउड चलचित्र क्षेत्रमा ५० बर्ष भन्दा लामो समय सक्रिय रहेकी थिइन । सन् १९८० को दशकसम्म उनी चलचित्र क्षेत्रमा सक्रिय थिइन् ।

ओलिभिया सन् १९३९ को ‘गन विथ द विन्ड’ कि एक मात्र जीवित कलाकार थिइन् । सो चलचित्रका लागि उनी ओस्कर जितेकी थिइन् । उनले फोन्टेइ, टू इच हिव वन तथा द हाइरेसका लागि पनि ओस्कार जितेकी थिइन् । ओलिभियाको जन्म जापानमा भएको थियो । एजेन्सी