logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन ५० हजार कोरोना संक्रमित फेला परे


अंकुरण खबर
858
Shares

भारतमा कोरोना भाइरस संक्रमित संख्या दिनहुँ वृद्धि भइरहेको छ ।

त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४९ हजार ९३१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

कुल संक्रमित संख्या १४ लाख ३५ हजार ४५३ जनापुगेको छ । अहिलेसम्म ९ लाख १७ हजार ५६८ जना संक्रमणमुक्त भइसकेका छन् ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा ७०८ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३२ हजार ७७१ जना पुगेको अधिकारीले जनाएका छन् । प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र राज्यमा ३ लाख ७५ हजार ७९९ जना संक्रमित भएका छन् । त्यसैगरी, तमिलनाडुमा २ लाख १३ हजार ७२३ जना र दिल्ली राज्यमा १ लाख ३० हजार ६०६ जना संक्रमित फेला परेका छन् । रासस–एएनआई