उत्तरी चीनमा एउटा उँट सात दिन एक्लै हिँडेर पुरानो घर फर्किएको छ ।
न्यूज सीजीटीएन डटकमका अनुसार त्यो उँट मालिकले गत वर्ष आफ्ना साथीलाई बेचेका थिए।
सात दिनसम्म लगातार हिँड्दा उँटको शरीरका विभिन्न ठाउँमा चोटपटक लागेको छ । फलामको जाली र बार पार गर्दा छाला कोरिएको छ । उसले थुप्रै ठाउँमा लगाइएको तारजालीको बार नाघेको थियो।
मानिसको लागि समेत असम्भव लाग्ने उक्त बाटो उँटले सजिलै पार गर्यो । घर फर्किएपछि पुरानो मालिकले उसलाई आफ्नो परम्पराअनुसार स्वागत गरे ।
पुरानो परिवार देखेपछि उँट र मालिक दुवै खुसी देखिएका छन् । मालिकले अब उसलाई कहिल्यै नबेच्ने बाचा गरेका छन् ।