logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धी खारेज गर्ने


अंकुरण खबर
897
Shares

न्युजिल्याण्डले हङकङसँगको सुपुर्दगी सन्धी खारेज गर्ने निर्णय गरेको छ ।

चीनले राष्ट्रिय सुरक्षा सम्बन्धी कानुन लागू गरेसँगै हङकङको अपराध नियन्त्रण कार्यक्रममा विश्वास गर्न नसकिने भन्दै न्युजिल्याण्डले सन्धी खारेज गरेको हो ।

न्युजिल्याण्डका विदेशमन्त्री विन्सटन पिटर्सले बेइजिङको पछिल्लो निर्णयले हङकङलाई अधिनायकवादी प्रशासनतर्फ धकेलेको आरोप लगाएका छन् । हङकङमा हुने निर्यातमा कुनै परिवर्तन तत्काल नल्याइएपनि चीनसँगको सम्बन्धलाई पुनरावलोकन गर्ने पनि न्युजिल्याण्डले बताएको छ ।

अष्ट्रेलिया, क्यानडा, बेलायतले यसअघि नै हङकङसँगको सुपुदर्गी सन्धी खारेज गरेका छन । अमेरिकाले भने ब्यापारमा हङकङलाई बेलायतको पूर्व उपनिवेशको हैसियतमा दिंदै आएको सहुलियत समेत हटाएको छ । एजेन्सी