logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा गर्भमा भएको बच्चामा पनि कोरोना देखियो


अंकुरण खबर
1.274K
Shares

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्व नै त्रसित बनिरहेको छ ।

कोरोना भाइरसको संक्रमण बच्चा, जवान, वृद्धवृद्धामा देखिएको छ । तर भारतमा गर्भमा भएको शिशुमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सुन्दा अचम्म लाग्न सक्छ, तर भारतमा एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना संक्रमण भएको भारतस्थित पुणेको ससून जनरल अस्पतालले बताएको भारतिय मिडियाले जनाएका छन् ।

पुणेको बीजे मेडिकल कलेज अन्तर्गतको ससून अस्पतालमा भर्ना भएकी एक गर्भवती महिलाले बच्चा पाउनु एक महिनाअघि उनलाई रुघा लाग्यो ।

उनले बच्ची पाइसकेपछि परिक्षण गर्दा बच्चीमा कोरोना संक्रमण देखियो । मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिने गरिन्छ । बच्चालाई प्लेसेन्टाको माध्यमबाट कोरोना संक्रमण भएको अस्पतालले जनाएको छ ।

उपचारपछि अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।