भारतको उत्तरप्रदेशमा एक जना मन्त्रीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
मन्त्री कमला रानी वरुणलाई दुई साताअघि संक्रमण देखिएको थियो । कोरोना भाइरस संक्रमण भएपछि उनलाई लखनउस्थित एसजीपीजीआईमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा उनको आइतबार बिहान निधन भएको बीबीसीले जनाएको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । उनले आइतबार अयोध्या जाने कार्यक्रम स्थगित गरेका छन् ।
कमला रानी उत्तर प्रदेश सरकारमा शिक्षामन्त्री थिइन् ।