logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

अफगानिस्तान सीमामा प्रदर्शनकारी माथि पुलिसले गोली चलायो, तीन जनाको मृत्यु


अंकुरण खबर
1.378K
Shares

पाकिस्तान पुलिसले शुक्रवार अफगानिस्तान सीमामा प्रदर्शन गरिरहेका प्रदर्शनकारीमाथि गोली चलाउँदा तीन जनाको मृत्यु भएको छ । साथै ३० जना भन्दा धेरै घाईते भएका छन् ।

प्रदर्शनकारीहरुले अफगानिस्तान सीमामा एक चौकी खोल्ने माग गर्दै प्रदर्शन गरिरहेका थिए । त्यहि बेला पुलिसले प्रदर्शनकारीमाथि गोली चलाएको थियो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार कोरोना महामारीका कारण बलूचिस्तानमा चमन सीमा चौकी बन्द गरिएको थियो ।

जसका कारण एक लाख भन्दा धेरै मानिस बेरोजगार भएका थिए । एजेन्सी