logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेबनान विष्फोट : मृत्यु हुनेको संख्या ७० पुग्यो


अंकुरण खबर
832
Shares

लेबनानको राजधानी बेरुतमा भएको भीषण विष्फोटमा परी मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

उक्त विष्फोटमा करिब ४ हजार मानिस घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनालाई भयावह भन्दै उनले दोषी जो भए पनि उन्मुक्ति नपाउने बताएका छन् ।

उक्त विष्फोटले बेरुत क्षेत्रमा कयौं भवनहरुमा क्षति पुगेको छ भने धेरै घरका झ्यालहरु फुटेको बताइएको छ । विष्फोट हुँदा राजधानी बेरुत क्षेत्रमा भूकम्पको धक्का महशुष भएको अलजजिराले जनाएको छ ।

गोदाममा विष्फोटक पदार्थ असुरक्षित तरिकाले राखिएकाले यो घटना भएको बताइएको छ । विष्फोट भएलगत्तै अलजजिराले सार्वजनिक गरेको भिडियोमा बेरुतको आकाशमा निकै ठूलो धुँवाको मूस्लो पनि देखिएको छ । एजेन्सी