logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा २४ घण्टामा थपिए ५६ हजार वढी कोरोना संक्रमित


अंकुरण खबर
897
Shares

भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार नाघेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार ६२६ जना संक्रमित भएका हुन् ।

यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १९ लाख ६३ हजार २३९ पुगेको छ । संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म १३ लाख २७ हजार २०० जना संक्रमणमुक्त भएका छन् भने ५ लाख ९५ हजार ३०० जनाको उपचार भइरहेको छ । कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ९१९ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४० हजार ७३९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।