बलिउड टिभी एक्टर समीर शर्माले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनले मुम्बईमा आत्महत्या गरेका हुन् । समीर शर्मा ‘क्योंकि सास बहू थी’ सिरियलमा काम गर्दथे । ४४ वर्षका उनले बुधवार राती मलाड पश्चिम स्थित नेशा सीएचएस बिल्डिङमा आफ्नो घरमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
मलाड पुलिसका अनुसार उनले यसै वर्षको फेब्रुअरीमा अपार्टमेण्ट किनेका थिए । एजेन्सी