कोरोना भाइरसको संक्रमणसँग लडिरहेको सारा विश्व अहिले त्रस्त र ग्रस्त छ । यसैबीच कोरोनाको उद्गमस्थल चीनमा फेरी अर्को भाइरस फैलिएको छ ।
यो भाइरसका कारण अहिलेसम्म ७ जनाको मृत्यु भईसकेको छ भने ६० जना संक्रमित भएका छन् । दक्षिण चीनमा फैलिएको यो भाइरस पछि संक्रमण मानिसमा सर्न सक्ने भन्दै चेतावनी दिइएको छ ।
पूर्वी चीनको जियांग्शू प्रान्तमा एसएफटीएस नामको यो भाइरस किर्ना जस्तै किराको टोकाइबाट मानिसमा फैलिने बताइएको छ । ज्याङगसुमा ३७ र आन्हुई प्रान्तमा २३ जना बिरामी भेटिएका हुन । जियांग्शूको राजधानी नानजियांगमा एक महिलामा पहिलोपटक यो संक्रमण देखिएको थियो ।
उनलाई खोकी धेरै लागेको थियो । एक महिना उपचार गरेपछि उनी अस्पतालबाट डिस्चार्ज भएकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार झेजियांग प्रान्तमा सात जनाको अहिलेसम्म मृत्यु भएको छ ।
यो भाइरस नयाँ भने नभएको बताइएको छ । यो भाइरस सन् २०११ मा पत्ता लागेको थियो । भायरोलोजिस्टका अनुसार जनावरको शरीरमा टाँसिने किराहरुबाट यो मानिसमा सर्छ ।