भारतको आन्द्र प्रदेशको विजयवान्डास्थित स्वर्ण प्यालेस नामको होटलमा आगलागी हुँदा सात जनाको ज्यान गएको छ । आगलागीमा २२ जना घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छन् ।
आन्द्र प्रदेश सरकारले उक्त होटललाई कोरोना संक्रमितहरुको उपचारका लागि ‘केयर सन्टर’ को रुपमा प्रयोग गर्दै आएको थियो ।
प्रदेश सरकारका गृह राज्यमन्त्री मेकाथोटी सुचरिताले दिएको जानकारी अनुसार विद्युत सर्किट सर्ट हुँदा होटेलमा आगो भएको थियो । प्रदेश सरकारका सल्लाहकार एस. राजीव कृष्णाले घटनाको ट्विटमार्फत जानकारी दिएका छन् ।