logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

एकै परिवारका ११ जना मृत फेला


अंकुरण खबर
1.053K
Shares

पाकिस्तानबाट ८ वर्ष पहिले भारत आएर कृषि कर्म गर्दै आइरहेका एकै परिवारका ११ जना मृत फेला परेका छन् ।

भारतको जोधपुर जिल्लामा बस्दै आइरहेका उनीहरू मृत फेला परेका हुन् । एक जना भने जीवित नै रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मृत भेटिएकाहरू नजिकै विषादी फेला परेको छ । पारिवारिक कलहका कारण उनीहरूले विषादी सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि, अहिलेसम्म मृत्यु को कारण खुलेको छैन ।