भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनी आफैंले केही बेरअघि ट्विट गरेर यो जानकारी दिएका हुन् ।
मुखर्जीले ट्विट गरेका छन्, ‘छुट्टै प्रयोजनका लागि अस्पताल गएको बेला कोभिड–१९ को पनि परीक्षण भयो । त्यस क्रममा संक्रमण पुष्टि भएको छ ।’
पछिल्लो साता आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन र आइसोलेसनमा बस्न उनले आग्रह गरेका छन् ।