बेरुतमा भएको शक्तिशाली विष्फोटपछि लेबनानको सरकार ढलेको छ । टेलिभिजन सम्बोधन मार्फत प्रधानमन्त्री हसन डिएबले सरकार भंग गरेको घोषणा गरेका हुन् ।
बेरुतमा भएको शक्तिशाली विष्फोटपछि सरकारको आलोचना भैरहेको समयमा मन्त्रीपरिषदका सबैले राजीनामा दिएका हुन् ।
राजीनामा दिएको सरकारलाई अर्को मन्त्रिपरिषद गठन नहुँदासम्म कार्यवाहकको भूमिका निर्वाह गर्न राष्ट्रपति मिशेल एउनले आग्रह गरेका छन् । लेबनानका जनताले नेताहरुको बेवास्ता र भ्रष्टाचारका कारण देशको अवस्था खराब बनेको आरोप लगाएक छन् ।
विष्फोटपछि लगातार लेबनानमा विरोध प्रदर्शन हुँदै आएको छ । विगत छ वर्षदेखि गोदाममा असुरक्षित रुपमा भण्डारण गरिएको एमोनियम नाइट्राइट गएको मंगलबार राति विष्फोट भएको थियो । सो घटनामा २ सय २० जनाको मृत्यु भएको थियो । १ सय १० जना अझै बेपत्ता छन् । ६ हजार मानिस घाइते भएका छन् । एजेन्सी