logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा भयावह बन्दै कोरोना, एकैदिन ५३ हजार बढी संक्रमित भेटिए


अंकुरण खबर
1.014K
Shares

भारतमा कोरोनाभाइरसको संक्रमण र मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । पछिल्लो समय भारतमा हरेक दिन ५० हजारको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ५३ हजार १६ कोरोनाभाइरसको संक्रमण देखिएको छ । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २२ लाख ६९ हजार ५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ८ सय ८७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५  हजार ३ सय ६१ पुगेको छ ।

त्यस्तै हालसम्म १५ लाख ८३  हजार ४ सय ८९ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।