logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अवस्था गम्भीर


अंकुरण खबर
1.118K
Shares

भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीलाई कोरोना भाइरसको सङ्क्रमण भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

पूर्वराष्ट्रपति मुखर्जीलाई यही सोमबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि सघन उपचारका लागि भेन्टिलेटरमा राखिएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

८४ वर्षीय मुखर्जी मस्तिष्कमा जमेको रगत हटाउन शल्यक्रिया गर्नको लागि अस्पताल गएका थिए । शल्यक्रियाअघि परीक्षण गर्दा उनीमा कोरोना सङ्क्रमण देखिएको हो ।

अस्पतालले उनको अवस्था गम्भीर रहेको बताएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उनी सन् २०१२ देखि सन् २०१७ सम्म भारतका राष्ट्रपति थिए । उनी राष्ट्रपति हुनुअघि भारतका अर्थ मन्त्री, रक्षा मन्त्री र परराष्ट्र मन्त्रीजस्ता पदमा रहेर काम गरेका थिए ।

यसअघि भारतका गृह मन्त्री अमित शाहलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।