बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको र उनी उपचारकै क्रममा रहेको पारिवारिक स्रोतले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
फोक्सोको क्यान्सर स्टेज फोरमा पुगेपछि थाहा भएको हो । मंगलबार अभिनेता दत्तले स्वास्थ्यका कारण चलचित्रबाट ब्रेक लिएको बताएका थिए । तर उनले रोग भने खुलाएका थिएनन् ।
उनी अगस्ट ८ मा उपचारका लागि अस्पताल भर्ना भएका थिए । सोमबार उनी डिस्चार्ज भएका थिए ।
६१ वर्षका अभिनेता क्यान्सरको उपचारका लागि अमेरिका जाने तयारी रहेको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनको चलचित्र सडक–२ को ट्रेलर बुधबार सार्वजनिक भएको छ ।