भारतमा एकैदिन झण्डै ६७ हजार कोरोना भाइरस संक्रमित थपिएका छन् ।
भारतीय सरकारी अधिकारीहरुले बिहीवार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार ९९९ जना नयाँ संक्रमित भेटिएका हुन् ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोही अवधिमा ९४२ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि जानकारी दिएको छ । यो सँगै भारतका कोरोनाका संक्रमणका कारण मृत्यु भएकाहरुको कुल संख्या ४७ हजार ३३ पुगेको छ ।
त्यसैगरी भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या २३ लाख ९६ हजार ६३८ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् । तीमध्ये ६ लाख ५३ हजार ६२२ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने १६ लाख ९५ हजार ९८२ जना संक्रमण मुक्त भएका छन् ।
अधिकारीहरुका अनुसार भारतमा सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार ८२० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार ४२५ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् । एएनआई / रासस