logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन कोरोनाबाट १ हजार बढीको मृत्यु, ६४ हजार संक्रमित फेला


अंकुरण खबर
858
Shares

भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

पछिल्लो समय भारतमा हरेक दिन ६० हजारको दरमा कोरोना संक्रमित भेटिन थालेका छन् ।

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६४ हजार १ सय ४२ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या २४ लाख ५९ हजार ६ सय १३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८ हजार १ सय ४४ पुगेको छ ।

त्यस्तै हालसम्म १७ लाख ५० हजार ६ सय ३५ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।Capture.PNG