विश्वमा नै चर्चित ‘मिडिया पर्सनालिटी’को नाम कमाएकी काईली जेनर २३ वर्षकी भइन् ।
काईली मिडिया पर्सनालिटीका साथसाथै चर्चित एन्टरप्रेन्योर पनि हुन् । रियालीटी टेलिभिजन स्टार, मोडल तथा व्यवसायी काईली विश्वकै कान्छी अरबपति हुन् । उनको कस्मेटिक मेकअपको व्यवसाय छ । उनी आफै कस्मेटिक मेकअपको व्यवसाय सञ्चालन गर्छिन् ।
भनिन्छ, काईली दिनमा ५०० वटा सेल्फी लिन्छिन् । उनी जुन सबैभन्दा बढी मनपर्छ त्यो नै सामाजिक सञ्जालमा सेयर गर्ने गर्छिन् ।
काईलीको रोल मोडल लेडी गागा हो । काईली १८ वर्षकी हुँदा लेडी गागासँग पहिलोपटक भेटघाट भएको थियो । गागाले काईलीको लुक्स र सामाजिक सञ्जालमा हुने चर्चाको बारेमा तारिफ गरेकी थिइन् ।
काईली आफ्नो ब्राण्डलाई बढवा दिनको लागि यूट्युब, इन्स्टाग्राम र स्न्यापच्याटमा आफै विज्ञापन गर्ने गर्छिन् । फोब्र्सका अनुसार जेनरको कम्पनीको मूल्य ९०० मिलियन डलर रहेको छ ।
अनुमानित १ बिलियन डलर नाफासँगै जेनर २१ वर्षको उमेरमा अरबपति बनेकी थिइन् ।