logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतका अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना


अंकुरण खबर
754
Shares

भारतमा अर्का केन्द्रीय मन्त्रीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ।

जलशक्ति मन्त्रालयका मन्त्री गजेन्द्र सिंह शेखावतमा बिहीबार कोरोना  संक्रमण पुष्टि भएको हो।

संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको समाचार भारतीय समाचार पत्र हिन्दुस्तान टाइम्सले लेखेको छ। उनले आफू संक्रमित भएको खबर ट्वीटर मार्फत जानकारी गराएका हुन्।

केही दिनअघि उनमा लक्षण देखिएपछि कोरोनाको परीक्षण गराएका थिए। उनले आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेशनमा बसी कोरोनाको जाँच गराउन समेत अनुरोध गरेका छन्।

यसअघि भारतका गृहमन्त्री अमित शाहमा गत अगष्ट २ गते संक्रमण पुष्टि भएको थियो।