logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टिकटकद्वारा ट्रम्पले लगाएको प्रतिबन्धविरुद्ध कानूनी प्रक्रिया शुरु


अंकुरण खबर
1.04K
Shares

चिनियाँ भिडियो सम्बन्धी एप्स टिकटकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध विरुद्ध कानूनी प्रक्रिया शुरु गरेको छ ।

अमेरिकाले सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबारमा प्रतिबन्ध लगाएपछि उसले त्यसलाई न्यायीक प्रक्रियामार्फत चुनौती दिएको हो ।

कानूनी प्रक्रिया यहि हप्ता नै सुरु हुने अपेक्षा रहेको टिकटकले जनाएको छ । शुक्रबार चिनियाँ अमेरिकीहरुको समूहले वी–च्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशविरुद्ध पनि मुद्दा दायर गरेका थिए ।

ट्रम्पले जारी गरेको आदेश अनुसार आउँदो सेप्टेम्बरको मध्यपछि टिकटकको स्वामित्व संस्था बाइटडान्ससँगको कारोबार प्रतिबन्धित हुनेछ ।

साथै त्यसअघि नै उसले टिकटकको सञ्चालन अधिकार अमेरिकी कम्पनीलाई प्रदान गर्नु पर्ने दवाब छ । टिकटकले अमेरिकी प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चीन सरकारलाई प्रदान गर्न सक्ने अमेरिकाको दावी छ ।

चिनियाँ कम्पनी बाइटडान्सले भने सो कुरा अस्वीकार गर्दै आएको छ । अमेरिकाका टिकटकका आठ करोड भन्दा बढी प्रयोगकर्ता रहेको अनुमान छ । एजेन्सी