logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतको महाराष्ट्रमा पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु, ६० को उद्धार, ३० को अवस्था अज्ञात


अंकुरण खबर
949
Shares

भारत महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पाँच तले भवन भत्किदा एक जनाको मृत्यु भएको छ ।

भवनमा फसेका ६० जनाको उद्धार गरिएको छ । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । भत्किएको भवनमा अझै ३० जना मानिस फसिरहेको अनुमान गरिएको छ । उनीहरुको उद्धार प्रयास भैरहेको छ ।

सोमबार बेलुका सात बजेतिर भवन भत्किएको हो । सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्किएका थिए । दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटर परको महाड शहरको सो भवन एक दशक पुरानो भएको बताइएको छ ।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय विपद प्रतिक्रिया बलका महानिर्देशकलाई उद्धार र सहायता प्रदान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री उद्धव ठाकरे लगायतले पनि उद्धारमा जुट्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएका छन् । एजेन्सी