logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नोभेम्बरको निर्वाचनमा धाँधली हुने ट्रम्पको दाबी


अंकुरण खबर
598
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटहरू नोभेम्बरको चुनावमा धाँधली गर्न लागिपरेको दाबी गरेका छन् ।

दोस्रो कार्यकालका निम्ति पनि उनलाई राष्ट्रपतिको उम्मेदवार बनाउन रिपब्लिकन दलले स्वीकृती दिए लगत्तै उनी विपक्षी डेमोक्रेटमाथि आक्रामक रुपमा प्रस्तुत भएका हुन् ।

रिपब्लिकन दलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ट्रम्पले विपक्षीहरुले कोरोना भाइरसको महामारीलाई अमेरिकी नागरिकलाई धोका दिन प्रयोग गरिरहेको बताएका हुन् । चुनावमा धाँधली भए मात्रै डेमोक्रेटले जित्ने उनको भनाइ छ ।

उनले हुलाकमार्फत् गरिने मतदानलाई डेमोक्रेटहरूले दुरुपयोग गरेर चुनावमा धाँधली गर्न लागेको पनि उल्लेख गरे । कोरोना भाइरसको महामारीका कारण यो वर्षको चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्ने सम्भावना छ ।

डेमोक्रेटिक पार्टीले चाहने जति सबैलाई हुलाक मार्फत मतदान गर्न पाउने व्यवस्था हुनु पर्ने बताउँदै आएको छ । तर ट्रम्प भने त्यसको विपक्षमा छन् । नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले पूर्व उपराष्ट्रपति समेत रहेका डेमोक्रेटिक उम्मेदवार जो बाइडेनको सामना गर्दै छन् ।

सर्वेक्षणहरुमा ट्रम्प बाइडेन भन्दा लगातार पछि देखिँदै आएका छन् । रिपब्लिनकको भेलालाई मंगलबार प्रथम महिला मेलानिया ट्रम्प, बुधबार उपराष्ट्रपति माइक पेन्स र राष्ट्रपति ट्रम्पले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । एजेन्सी