logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हङकङका एक व्यक्तिमा दोहोरिएर देखियो कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

हङकङका एक व्यक्तिमा कोरोना भाइरसको संक्रमण दोहोरिएर भएको छ ।

एक व्यक्तिमा दोहोरिएर कोरोना भाइरसको संक्रमण भएको यो पहिलो प्रमाणित घटना हो । ती व्यक्तिमा साढे चार महिनाअघि संक्रमण भएको भाइरस र अहिलेको भाइरसबीच स्पष्ट रुपमा आनुवंशिक भिन्नता रहेको अनुसन्धानमा सग्लन चिकित्सकले बताएका छन् ।

विज्ञहरुले दोहोरिएर हुने संक्रमण अति दुलर्भ रहेको तथा दोस्रोपटक हुने संक्रमण त्यति गम्भीर नहुने पनि बताएका छन । संक्रमित व्यक्तिको शरीरमा भाइरसविरुद्ध लड्नका लागि प्रतिरक्षा प्रणाली विकास हुने त्यसले पुनः संक्रमण हुनबाट पनि रोक्ने विश्वास गरिन्छ ।

विश्व स्वास्थ्य संगठनले एक व्यक्तिमा पुनः संक्रमण देखिएको घटनाबाटै कुनै निष्कर्षमा नपुग्न आग्रह गरेको छ । कोरोना भाइरसबाट संक्रमित भइ निको भएका व्यक्तिहरुमा बिस्तारित अध्ययनको खाँचो रहेको उसको भनाइ छ । एजेन्सी