अन्तर्राष्ट्रियमनोरञ्जन

फिल्ममा भन्दा व्यवसायमा सफल बलिउडका ५ स्टार

बलिउड यस्तो दुनियाँ हो जहाँ भाग्यले जतिसुकै ठूलो अभिनेता वा अभिनेत्री बनाएपनि दर्शकको मन जित्न सकेन भने ती स्टारको जीवनमा केही उपलब्धि हुन सक्दैन । र, फिल्ममा सफल हुन सक्दैनन् । तर, ति नै बलिउड स्टारहरुले व्यवसायमा भने निकै सफल भएका छन् ।

अभिषेक बच्चन

अभिषेकले अन्तिमपटक सन् २०१८ मा अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’  मा खेलेका थिए । तर, उनी सफल व्यवसायी हुन् । उनी प्रो कबड्डी टीम ‘जयपुर पिंक प्याथर्स’, फुटबल टीम ‘चेन्नईयिन एफसी’ का मालिक हुन् । उनको उत्पादनमा हाल अमेजन प्राइम भिडियोमा ‘ब्रीथ २’ वेभ सिरिज पनि आएको छ ।

मलाइका अरोडा

फिल्मको सुटिङ नगरेपनि मलाइका सबैभन्दा बढी चर्चामा आउने स्टार हुन् । ‘इन्डियाज गट ट्यालेन्ट’ जस्ता टेलिभिजनका रियालिटी शोबाट मनग्य कमाई गरिरहेकी मलाइका सुजैन खान र बिपाशा बसुसँग मिलेर ‘द लेबल लाइफ’ नामक ईकमर्स सञ्चालन गरिरहेकी छिन् । यसका साथै मलाइकाको क्लोदिङ लाइन पनि छ ।

प्रिती जिन्टा

प्रिती जिन्टा फिल्म क्षेत्रबाट निकै टाढा गइसकेकी छिन् । उनी आईपीएलको ‘किंग इलेवन पञ्जाब’को को–ओनर हुन् भने २०१७ को दक्षिण अफ्रिकाको टी २० ग्लोबल लीग स्टेलिनबोश किंग्स फ्रेन्चाइजी पनि किनेकी थिइन् । उनी आज एक सफल व्यवसायी हुन् ।

अर्जुन रामपाल

उनले अन्तिम पटक ‘ड्याडी’ फिल्ममा काम गरेका थिए । सन् २०१७ मा आएको उक्त फिल्मपछि उनी अहिले फिल्म देखिन छोडेका छन् । तर, उनी सफल व्यवसायी हुन् । उनी ीब्ए नामक दिल्लीको नाइट क्लबका मालिक हुन् ।

ट्विकंल खन्ना

उनी एक सफल  लेखिका हुन् । उनी टाइम्स अफ इन्डियामा कोलम लेख्ने गर्छिन् । उनले तीनवटा किताब पनि लेखेकी छिन् । उनले त्धभबप क्ष्लमष्ब नामक डिजिटल पत्रिका पनि सञ्चालन गरिरहेकी छिन् । उनले सन्२०१६ मा ‘प्याडम्यान’ फिल्मको प्रोड्युस गरेकी थिइन् । उनी मुम्बईमा इन्टिरियर डिजाइनको स्टोर पनि सञ्चालन गर्छिन् । एजेन्सी

Comment here