logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जापानका प्रधानमन्त्री अबेले पदबाट राजीनामा दिने


अंकुरण खबर
689
Shares

जापानका प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने भएका छन्  ।

स्वास्थ्यका कारण उनले पदबाट राजीनामा दिने तयारी गरेको स्थानीय सञ्चारलाई उदृत गर्दै बीबीसीले जनाएको छ । प्रधानमन्त्री आबे केही समययता अस्वस्थ छन्।

केही दिनअघि मात्रै जापानको इतिहासमै सबैभन्दा लामो अवधिसम्म लगातार प्रधानमन्त्री हुने उनी पहिलो व्यक्ति थिए ।

सन् २०१२ को अन्त्यतिर दोस्रो कार्यकालका लागि चुनिएका प्रधानमन्त्री आबे गएको ८ गते प्रधानमन्त्री भएको २ हजार ७ सय ९९ औं दिन पुगेको थियो ।

यसअघि सन् १९६४ देखि १९७२ सम्म तत्कालीन प्रधानमन्त्री आइसाकु सातो लगातार २ हजार ७ सय ९८ दिन प्रधानमन्त्री भएका थिए ।

अर्को महिना ६६ वर्षमा प्रवेश गर्नुहुने आबेले गएको वर्षको नोभेम्बरमै देशको सर्वाधिक लामो अवधिसम्म प्रधानमन्त्री हुने रेकर्ड पनि बनाएका थिए ।