छिमेकी मुलुक भारतका कोरोना संक्रमितको संख्या दैनिक तीब्र रुपमा बढिरहेको छ ।
गएको २४ घण्टामा भारतमा ७६ हजार बढीमा संक्रमण देखिएको छ । एकैदिन भारतमा ७६ हजार ६ सय ६५ जना संक्रमित थपिएका हुन् ।
योसँगै भारतमा संक्रमितको संख्या ३४ लाख ६१ हजार २ सय ४० पुगेको छ । २६ लाख ४७ हजार ५ सय ३८ जना संक्रमित उपचारपछि निको भएका छन् । ७ लाख ५० हजार ९ सय ८९ जना उपचार गराइरहेका छन् ।
हिजो एकैदिन भारतमा एक हजार १९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा मृत्यु हुनेको संख्या ६२ हजार ७ सय १३ पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा धेरै मृत्यु हुने मुलुकको सूचीमा भारत तेस्रो नम्बरमा छ ।
पहिलो नम्बरमा रहेको अमेरिकामा १ लाख ८१ हजार ७ सय ४ र ब्राजिलमा १ लाख १९ हजार ५ सय ४ जनाको मृत्यु भएको छ । मेक्सिकोमा ६२ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।
हालसम्म विश्वभर २ करो ४८ लाख ९७ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ८ लाख ४० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी