‘यारिया’ अभिनेता तथा गायिका नेहा कक्करका पूर्वप्रेमी हिमांश कोहलीको परिवारलाई कोरोना संक्रमण देखिएको छ । उनले शनिबार इन्टाग्राममार्फत यस कुराको जानकारी दिएका हुन् ।
उनको बुबा, आमा र बहिनीमा कोरोना पोजेटिभ देखिएको छ । उद्यपि हिमांशको रिपोर्ट भने नेगेटिभ आएको हो । उनले लेखेका छन्, “गत २र३ दिनदेखि आमा, बुबा र बहिनीलाई हल्का ज्वरोसहित भाइरल संक्रमणको लक्षण सामान्य लक्षण देखिएको थियो । जसपश्चात हामीले हालसालै सबैको परिक्षण गराएका थियौं । जसमा आमा, बुबा र बहिनीको रिपोर्ट पोजेटिभ आएको हो । भने मेरो रिपोर्ट भने नेगेटिभ आएको छ ।”
अहिले उनको परिवारै आवश्यक सावधानी अपनाएर होम क्वारेन्टिनमा रहेको पनि हिमांशले बताएका छन् । साथै उनले सरकार, स्वास्थ्यकर्मीलगायत सबैलाई धन्यवाद दिँदै फ्रन्टलाइनमा खटिरहेकाहरुलाई सुरक्षित रहन आग्रह पनि गरेका छन् ।
अन्त्यमा उनले आफ्नै सबै दर्शकलाई सुरक्षित हुन र आफ्नो मान्छेको हेरचाह गर्न पनि सुझाएका छन् । सानो लापरबाहीले पनि यसको सिकार हुनुपर्ने भएकाले कुनै पनि लापरबाही नगर्न हिमांशले आफ्ना दर्शकलाई आग्रह गरेका छन् । एजेन्सी