राष्ट्रपति एलेक्जेन्डर लुकासेन्कोको विरोधमा बेलारुसमा आन्दोलन चर्कदै गएको छ ।
निर्वाचनमा धाँधली गरेको भन्दै विपक्षी दलले लुकासेन्कोको राजीनामाको माग गर्दै राजधानी मिंक्समा बृहत प्रदर्शन गरेको छ ।
हजारौं प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै सडकमा सुतेर विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरु राष्ट्रपति निवासतर्फ अघि बढेपछि प्रहरीले रोक्ने क्रममा झडप समेत भएको छ । प्रहरीले प्रदर्शनमा सहभागी १ सय २५ भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
यसैबीच बेलारुसले सरकारविरोधी प्रदर्शनबारे रिपोर्टिङ गरेको भन्दै १७ जना विदेशी पत्रकारहरुलाई देश निकाला गरेको छ । तिमध्ये दुई जना बीबीसी र चार जना रेडियो लिबर्टीका छन् । बाँकी अधिकांश रोयर्टस न्युज एजेन्सीका रहेका छन् ।
बेलारुसमा अगष्टको राष्ट्रपतीय निर्वाचनमा धाँधली गरी लुकासेन्को राष्ट्रपति बनेको भन्दै तत्काल पद त्याग गर्न माग गर्दै नियमित जस्तो आन्दोलन हुँदै आएको छ । एजेन्सी