बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ को राती बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।
त्यसपछि उनको आत्महत्या प्रकरणबारे अहिले अनुसन्धान भईरहेको छ । विशेष गरेर सुशान्तकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीमाथि विभिन्न आरोप लागिरहेका छन् ।
यसैबीच सुशान्तकी पूर्व म्यानेजर श्रुती मोदीका वकिलले अनौठो बयान दिएका छन् । श्रुती मोदीका वकिल अशोक सरोगीले सुशान्त सिंह राजपूतको ड्रग पार्टीमा उनकी दिदी पनि सामेल हुने गरेको बताएका छन् ।
ड्रग्सको प्रयोग गरिने पार्टीमा उनी सहभागी बनेको प्रमाण आफूसँग रहेको उनले बताएका हुन् । एजेन्सी