बलिउड अभिनेता सुशान्त सिंह राजपुत मुद्दामा निर्माता सन्दीप सिंहको चर्चा निकै चल्न थालेको छ ।
अभिनेता सुशान्तको मृत्युपछि सन्दीपले विभिन्न अन्तर्वार्तामा आफू र सुशान्त नजिकका साथी भएको बताएका थिए ।
तर, सुशान्तको परिवारले आफूहरुले सन्दीपलाई नचिनेको बताएका थिए । तर, सन्दीपमाथि विभिन्न आरोप चाहिँ यो मुद्दामा जोडिएर पनि लाग्न थालेका थिए ।
अब सन्दीपले आफूमाथि अनावश्यक आरोप लगाउनेहरुलाई कारवाही गर्नका लागि प्रहरीमा उजुरी दिने भएका छन् ।