logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

अभिनेता अर्जुन कपुरलाई देखियो कोरोना संक्रमण


अंकुरण खबर
754
Shares

बलिउडका चर्चित अभिनेता अर्जुन कपुरलाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।

उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । आफुलाई कोरोना भाइरसको संक्रमण देखिएको बारे अभिनेता अर्जुनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएका र लक्षण भने नदेखिएको बताएका छन् ।

उनी निखिल आडवाणीको ब्यानरमा बनेको फिल्मको सुटिङ गरिरहेका थिए । त्यस्तै अभिनेता अर्जुनको अर्को नयाँ फिल्म भूत पुलिस को चर्चा छ । यस फिल्ममा उनीसँगै अभिनेता सैफ अली खान पनि देखिदैछन् ।