logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ड्रग्स सम्बन्धि केसमा रियासँग ६ घण्टा सोधपुछ, एनसीबीले आज बयान रेकर्ड गर्ने


अंकुरण खबर
741
Shares

नारकोटिक्स कन्ट्रोल ब्युरोले अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा मादक पदार्थसँग जोडिएको अभिनेत्री तथा सुशान्तको प्रेमिका रिया चक्रवर्तीसँग करिब ६ घण्टा सोधपुछ गरेको छ ।

अभिनेत्री रिया आइतबार दिउँसो २ बजे प्रहरीको साथमा बल्लार्ड एस्टेट स्थित एनसीबीको कार्यलयमा पुगेकी थिइन् ।

करिब ६ घण्टाको सोधपुछपछि उनी बाहिर आएकी थिएन् । उक्त समयमा एनसीबीका उप महानिर्देशक अशोक जैनले बताए अनुसार रियाको बयान आज रेकर्ड गरिने छ ।

यस विषयमा एनसीबीले अर्जुन केशवानीको घरमा छापा मारेको छ । जसको नाम कैजान इब्राहिमसँग सोधपुछको क्रममा सार्वजनिक भएको थियो । एनसीबीले रियासँग के के सोध्यो भन्ने बारेमा मिडियालाई जानकारी दिएको छैन ।