logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ट्रम्पका पूर्व वकिल भन्छन्- ट्रम्पको व्यवहार रंगभेदी र लुटेरा जस्तो


अंकुरण खबर
897
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई उनकै पूर्व वकिल माइकल कोहेनले रंगभेदी र लुटेरा जस्तो व्यवहार भएको मानिसको रुपमा चित्रण गरेका छन् ।

कोहेनले आफ्नो पुस्तकमा ट्रम्पले अश्वेत व्यक्तिप्रति तल्लो तहको विचार व्यक्त गर्ने गरेको र उनको व्यवहार लुटेराको जस्तो रहेको उल्लेख गरेका हुन् ।

ट्रम्पले नेल्शन मण्डेलालाई लक्षित गरेर पनि रंगभेदी टिप्पणी गरेको दाबी पनि पुस्तकमा गरिएको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कोहेनले झुट कुरा उल्लेख गरेको बताएको छ । पुस्तकमा कोहेनले आफूलाई जुन अपराधका कारण जेल सजाय त्यसमा ट्रम्प पनि दोषी रहेको उल्लेख गरेका छन् ।

जेलमा रहेको समयमा कोहेनले लेखेको ‘डिसलोयलः अ मेमोअर’ नाम पुस्तक मंगलबार बजारमा आउँदैछ । ट्रम्पको चुनावी अभियानको वित्तिय नियम उल्लंघनको आरोपमा कोहेनले जेल सजाय पाएका हुन् । एजेन्सी