बलिउड अभिनेता जयप्रकाश रेड्डीको निधन भएको छ ।
तेलुगू चलचित्रका चर्चित अभिनेता जयप्रकाशको आज बिहान हृदयघातका कारण निधन भएको हो ।
उनी आन्ध्र प्रदेशको गुन्टरमा बस्दै आएका थिए । कमेडी रोलबाट चर्चामा आएका उनले ‘ब्रह्मापुत्रूदू’ बाट आफ्नो करिअरको शुरूआत गरेका थिए ।
उनले प्रेमिचुकुन्दाम रा, जयम मनदेरा, समरसिंह रेड्डी, चेन्नकेशवरेड्डी, छत्रपति, गब्बरसिंह, सीतय्या, नायक, रेसुगुर्रम, मनम, टेप्रलगायतका थुप्रै चलचित्रमा अभिनय गरेका थिए । उनको निधनप्रति बलिउडकर्मीहरूले समवेदना प्रकट गरेका छन् ।