logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कंगना रनावतको कार्यालय भवन नभत्काउन बम्बे उच्च अदालतको आदेश


अंकुरण खबर
1.313K
Shares

बृहन्मुम्बई म्युनिसिपल कर्पोरेसन (बीएमसी) ले अभिनेत्री कंगना रनावतको पाली हिलस्थित कार्यालय भवन भत्काइरहेकोमा बम्बे उच्च अदालतले त्यसमा रोक लगाएको छ ।

कंगनाले मुम्बईलाई पाकिस्तानअधीनस्थ कश्मीरसँग तुलना गर्दै ट्वीट गरेपछि महाराष्ट्र सरकारले कंगनाको कार्यालय भत्काउन लगाएको थियो । तर उच्च अदालतले हालका लागि त्यसमा रोक लगाउँदै बीएमसीलाई कंगनाको निवेदनको जवाफ फर्काउन भनेको छ ।

बुधवार बीएमसीका अधिकारीहरूले कंगनाको कार्यालय पुगेर ‘अवैध संरचना’ भत्काउन थालेका थिए । कंगना भने चण्डीगढबाट मुम्बई आउने विमान चढिरहेकी थिइन् ।

कंगनाका वकिल रिजवान सिद्दीकीले बम्बे उच्च अदालतमा भिडियो कन्फरेन्सिङमार्फत निवेदन दर्ता गरेर भवन भत्काउनमा रोक लगाउनका लागि आदेशको मागदाबी गरेका थिए ।

न्यायाधीश एसजे काठवालाले कंगनाको तर्फबाट आएको निवेदनमाथि सुनुवाइ गर्दै बीएमसीको काम रोक्ने आदेश दिएको हो ।  अदालतले बीएमसीको दलील बिहीवार सुन्ने भएको छ । एजेन्सी