logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भ्याक्सिन निर्माणमा डब्ल्यूएचओलाई सहयोग गर्न यूएनको अपिल, ३५ अर्ब डलर आवश्यक


अंकुरण खबर
741
Shares

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटारेसले कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण तथा उपचारका लागि मद्दत गर्न आह्वान गरेका छन्।

उनले कोरोनाविरुद्ध आवश्यक चिकित्सा विज्ञान पद्धतिको विकासका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेतृत्त्वमा ‘एक्सेस टू कोभिड-१९ टुल्स एक्सिलेटर’ नामक अभियानलाई आर्थिक सहयोग गर्न अपिल गरेका हुन्।

उनले एक्सिलेरेटर (परिषद्) आरम्भ भएको अवसरमा विश्व समुदायसँग सहयोगको अपिल गर्दै संसारलाई पहिलाजस्तै गतिशील, कार्यशील र समृद्ध बनाउन सर्वप्रथम कोरोनालाई जित्नुपर्ने बताए। यसका निम्ति ठूलो धनराशि आवश्यक पर्ने उनको भनाइ थियो।

संयुक्त राष्ट्र संघका महासचिव गुटारेसले यो अभियानका लागि तीन अर्ब अमेरिकी डलर पहिले नै जुटिसकेको जानकारी दिए। अभियानको पहिलो चरणमा उक्त रकम आवश्यक पर्ने उनको भनाइ थियो ।

‘‘अभियान सफल पार्न ३५ अर्ब डलर आवश्यक छ,’’ उनले भने, ‘‘आगामी तीन महिनाभित्र १५ अर्ब डलर चाहिन्छ, यो रकमले भ्याक्सिन निर्माण तथा उपचार पद्धति विकासका लागि अनुसन्धानलाई अगाडि बढाउन सकिने छ।’’ एजेन्सी