logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लेबनानको राजधानी बेरूत पोर्टमा फेरि आगलागी


अंकुरण खबर
1.339K
Shares

लेबनानको राजधानी बेरूतको पोर्टमा बिहीबार फेरि आगलागी भएको छ। आगलागीबाट आसपासका क्षेत्र धुवाँले भरिएको छ।

यसअघि एक महिना पहिले भएको विष्फोटमा १९० मानिसको ज्यान गएको थियो। लेबनान आर्मीका अनुसार पोर्टको ड्युटी फ्रि जोनको एउटा वेयर हाउसमा आगलागी भएको थियो। त्यहा तेल र ट्यांकर राखिएको थियो।

आगलागीपछि सेनाको हेलिकोप्टरबाट आगो निभाइएको छ भने पोर्ट जाने सडकमा ट्राफिक डाइभर्ट गरिएको छ। आगलागी कसरी भयो भन्नेबारे कुनै जानकारी आएको छैन।

यता, बेरूतको गभर्नर मारवान अबाड तथा स्थानीय अधिकारीले मानिसहरूलाइ पोर्टबाट टाढाको दूरीमा जान अपील गरेको छ। यसअघि मंगलबार नै आगलागी भएको थियो। तर उक्त आगो तत्कालै निभाएको थियो। एजेन्सी