logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

टेलिभिजन अभिनेत्री श्रावणीद्वारा आत्महत्या


अंकुरण खबर
936
Shares

तेलुगु टेलिभिजन अभिनेत्री कोडापल्ली श्रावणीले हालै हैदरावादस्थित आफ्नै घरमा आत्महत्या गरेकी छिन् ।

बलिउड अनलाइन खास खबरका अनुसार प्रहरीले उनको निधनको खबर दिएको थियो। समाचारअनुसार २६ वर्षकी अभिनेत्रीलाई आफ्नै निवासमा झुन्डिरहेको अवस्थामा भेटिएको थियो भने ढोका लगाएर बसिरहेकी अभिनेत्रीले धेरै बेरसम्म ढोका नखोलेपछि परिवारजनले ढोका खोलेर हेर्दा झुन्डिएको अवस्थामा भेटेका थिए।

तुरुन्तै अस्पताल लगिए पनि डाक्टरले उनलाई मृत घोषणा गरेका थिए। उनको परिवारले श्रावणी आफ्नो पुर्व प्रेमी देवराज रेड्डिको उत्पिडनबाट तनावमा रहेको कारण अभिनेत्रीले आत्महत्याको कदम उठाएको आरोप लगाएका छन्।

टिकटकको माध्यमबाट चिनजान भएका उनीहरूको दोस्तीपछि प्रेममा बदलिएको र देवराजले श्रावणीलाई पटक–पटक विवाहका लागि दबाब दिएपछि श्रावणीको उजुरीको आधारमा गत जुनमा प्रहरीले देवराजलाई गिरफ्तार गरेको थियो।

पूर्वप्रेमीले पटक–पटक अभिनेत्रीको निजी गोप्य फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिदिने धम्की दिएपछि परिवारले नै गुगल पेको माध्यममबाट १ लाख रुपियाँ दिएको र त्यसपछि पनि पटक–पटक विभिन्न खालका तनाव दिइरहेपछि अभिनेत्रीले आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

समाचारमा प्रहरीलाई उद्धृत गर्दै भनिएको छ– ‘प्रहरीसमक्ष केही दिनअघि श्रावणीको परिवारले देवराजविरुद्ध मुद्दा दायर गरेको छ। उक्त युवकले श्रावणीलाई आफूसँग घुम्न चेतावनी दिन्थे।

प्रहरीका अनुसार उक्त व्यक्तिको गिरफ्तारीका लागि आन्ध्र प्रदेशको काकिनाडा शहरमा एक समूह पठाएको र गिरफ्तारपछि सोधपुछ र छानबिन अगाडि बढ्ने बताइएको छ।