अन्तर्राष्ट्रियकोरोना विशेष

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० हजार ८ सय नाघ्यो

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या असी हजार नाघेको छ । हिजो एकैदिन एक हजार ५४ जनाको मृत्यु भएसँगै कोरोनवाट ज्यान गुमाउनेको संख्या ८० हजार ८ सय आठ पुगेको हो ।

भारत कोरोना भाइरस संक्रमणबाट धेरै प्रभावित मुलुकको दोस्रो स्थानमा छ । भारतमा अहिलेसम्म ४९ लाख २६ हजार ९ सय भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८१ हजार ९ सय ११ संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमितको संख्या भने ९ लाख ८९ हजार ८ सय रहेको छ । ३८ लाख ५६ हजार भन्दा बढी निको भएर घर फर्केका छन । पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ४० हजार कोरोना संक्रमित थपिएका छन । एकैदिन चार हजार ३ सय २० जनाको मृत्यु भएको छ ।

विश्वभर कुल संक्रमितको संख्या २ करोड ९४ लाख ३३ हजार पुगेको छ । तिमध्ये २ करोड १२ लाख ६४ हजार निको भइसकेका छन । कोरोनाका हालसम्म ९ लाख ३२ हजार ३ सय भन्दा बढीको मृत्यु भएको छ । एजेन्सी

Comment here