logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हङकङमा कोरोना प्रकोपबीच सयौं विद्यार्थीले स्थानीय विद्यालय छाडे


अंकुरण खबर
1.183K
Shares

हङकङमा कोरोना भाइरसको प्रकोपबीच सयौं विद्यार्थीले स्थानीय विद्यालय छाडेका छन्।

हङकङमा २ सय ३० विद्यालयमा गरिएको अनुसन्धानमा ९५ प्रतिशत विद्यालयका सयौं विद्यार्थीले ती विद्यालयमा पढ्न छाडेको एससीएमपीले जनाएको छ।

ती विद्यार्थीले आफ्नो बाँकी अध्ययनका लागि चिनियाँ विद्यालय छनौट गरेको र उनीहरु मुख्य क्षेत्र चीन पढ्न गएको बताइएको छ।

गतवर्ष पनि सरकारविरुद्ध भएको आन्दोलनले पढाई ठप्प हुँदा कयौं विद्यार्थीहरु चीनमा पढ्नका लागि गएका थिए। यसरी विद्यार्थीले स्थानीय विद्यालय पढ्न छाड्नु चिन्ताजनक विषय भएको हङकङ फेडेरेसन अफ एजुकेसन वर्कसले जनाएको छ।

यसैबीच हङकङमा कोरोना संक्रमितको संख्या पाँच हजार नजिक पुगेको छ। हङकङमा बिहीबार ९ नयाँ संक्रमित थपिएसँगै यहाँ संक्रमितको संख्या ४९ सय ९४ पुगेको छ।

संक्रमितमध्ये ४६ सय ८२ उपचारपछि स्वस्थ बनेका छन्।