चीनमा पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
चीनको मेनल्याण्डमा शुक्रवार कोभिड-१९ का ३२ नयाँ संक्रमित भेटिएका हुन् । नयाँ संक्रमितको संख्या एक महिनापछिको सबैभन्दा धेरै रहेको बताइएको छ ।
तुलनात्मक रुपमा यो संख्या धेरै कम भएपनि अगस्ट १० यताकै सबैभन्दा धेरै संख्या यहि नै हो ।
संक्रमितमध्ये १३ जना उत्तर–पश्चिम सान्क्सी प्रान्तका हुन् भने १२ जना साङ्घाइका हुन् । नेशनल हेल्थ कमिशनले एक वक्तव्य जारी गर्दै भेटिएका सबै नयाँ संक्रमित बाहिरबाट आएको जानकारी दिएको छ ।