logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा एकैदिन थपिए ९२ हजार बढी नयाँ कोरोना संक्रमित


अंकुरण खबर
1.365K
Shares

भारतमा गएको २४ घण्टामा ९२ हजार बढीमा संक्रमण देखिएको छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा एकैदिन ९२ हजार ७ सय ८९ जना नयाँ संक्रमित थपिएका हुन् । यसरी भारतमा संक्रमितको संख्या ५३ लाख ५ हजार ४ सय ७५ पुगेको छ ।

त्यस्तै भारतमा एकैदिन १२ सय २१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । यसरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८५ हजार ६ सय २५ पुगेको छ ।

भारतमा संक्रमित ४२ लाख ५ हजार २ सय १ जना उपचारपछि निको भएका छन् भने १० लाख १४ हजार ६ सय ४९ जना उपचाररत छन् ।