भारतमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार २१ पुगेको छ । हिजो मंगलबार एकैदिन एक हजार ५६ जनाको मृत्यु भएको हो ।
१ सेप्टेम्बर यता भारतमा हरेक दिन हजारभन्दा बढीको मृत्यु भएको छ । सेप्टेम्बरमा मात्र करीब २५ हजारको मृत्यु भइसकेको छ ।
भारतमा अहिलेसम्म ५६ लाख ४० हजारभन्दा बढी संक्रमित भइसकेका छन् । तीमध्ये ४५ लाख ८१ हजार ८२० जना निको भएका छन् ।
अहिले उपचाररत संक्रमितको संख्या नौ लाख ७६ हजार ४२० छ। यसअघि १० लाखभन्दा बढी सक्रिय संक्रमित थिए । पछिल्लोपटक निको हुनेको संख्या बढेको छ । त्यहाँ सोमबार एकैदिन एक लाखभन्दा बढी निको भएका थिए ।
भारत धेरै कोरोनाभाइरस संक्रमित हुने देशहरुको सूचीको दोस्रो नम्बरमा छ । सबैभन्दा बढी अमेरिकामा ७० लाख ९७ हजार संक्रमित फेला परेका छन् ।
धेरै मृत्यु हुनेको सूचीमा भने भारत तेस्रो नम्बरमा छ । अहिलेसम्म अमेरिकामा दुई लाख पाँच हजार ४७१ र ब्राजिलमा एक लाख ३८ हजार १५९ जनाको मृत्यु भएको छ ।